माथिल्लो मैलुङ खोलाको वैदेशिक राजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिएको साधारण शेयरको बाँडफाँड सम्पन्न

१९ भाद्र २०८०, मंगलवार १०:४२

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुको निमित्त निष्काशन गरेको साधारण शेयरको बाँडफाँड गरेको छ ।

कम्पनीको जारी पँुजिको १५ प्रतिशतले हुन आउने १५ करोड रकम बराबरको सर्वसाधारणलाई छुट्याएको प्रति शेयर १०० अंकित दरको १५ लाख कित्ता शेयरको १० प्रतिशत १ लाख ५० हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुको लागि साउन ४ गतेदेखि साउन १८ गतेसम्म निष्काशन तथा बिक्री खुला गरको थियो ।

उक्त शेयरमा माग भन्दा बढीको आवेदन परेपछि रीतपूर्वक आवेदन दिने आवेदकहरुमध्ये १५ हजार आवेदकलाई कम्पनीको वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याइएको १ लाख ५० हजार कित्ता साधारण शेयर भदौ १८ गते सोमबार बाँडफाँड गरिएको हो ।
शेयर बाँडफाँड सम्बन्धि विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको वेवसाइट , निष्काशन कम्पनीको वेवसाइट र सिडिएस एण्ड क्लियरिङ्गको वेवसाइट बाट हेर्न सकिन्छ ।

साथै, सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु मार्फत आवेदन दिएका वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरुको बाँडफाँडमा नपरेको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्था मार्फत रोक्का रहेको रकम फुकुवा हुने पनि सूचनामा उल्लेख गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*