मिड सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुस् नतिजा

१९ भाद्र २०८०, मंगलवार १०:०१

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले आईपीओ बाँडफाँड सम्पन्न गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको निमित्त निष्काशा गरेको आईपीओ बाँडफाँड गरेको हो ।

बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुुसार कम्पनीले जारी पूँजीको २०% अर्थात् १४,९६,८०० कित्ता साधारण शेयर सर्वसाधारणको लागि निष्काशन गर्ने भएको छ । जस मध्ये स्वीकृत विवरणपत्र मार्फत जारी पूँजीको १०% अर्थात  सात करोठ ४८ लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका ७ लाख ४८ हजार ४ सय कित्ता साधारण शेयर मध्ये आयोजना अति प्रभावित क्षेत्र (सोलुखुम्बु जिल्ला साविकको सल्लेरी, तिङ्ला, गार्मा र तामाखानी गा.वि.स हालको सोलुदुधकुण्ड न.पा. वडा नं. २, ४, ५, ६, ७ र ११ ) का बासिन्दाहरुको लागि ५ लाख ६१ हजार ३ सय कित्ता शेयर तथा प्रभावित क्षेत्र (सोलुखुम्बु जिल्ला साविकको सल्लेरी, तिङ्ला, गार्मा र तामाखानी गा.वि.स हालको सोलुदुधकुण्ड न.पा. वडा नं. ३, ४, ५, ६, ७ र ११ बाहेक) का सोलुखुम्बु जिल्ला बासिहरुको लागि १ लाख ८७ हजार १ सय कित्ता शेयर साउन १४ गतेदेखि ३० गतेसम्म बिक्री खुल्ला गरिएको थियो ।

सो अवधीभित्र रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरूलाई बांडफांड सम्बन्धी प्रचलित कानून बमोजिम साधारण शेयरहरू भदौ १८ गते सोमबार बाँडफाँड गरिएको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ । आईपीओको नतिजा शेयर बाँडफाँड सम्बन्धी विवरण आवेदकहरूले निष्काशन तथा बिक्री प्रबन्धकको वेबसाइट  https://flowvity.nicasiacapital.com/demat/ipo-allotment बाट हेर्न सकिने भएको छ ।

साथै, बाँडफाँडमा आंशिक, नपरेका शेयर वापतको रकम यही भदौ २२ गते शुक्रबारदेखि सम्बन्धित आवेदकहरूले दरखास्त फाराममा उल्लेख गरेको बैंक खातामा रकमान्तर गरिने व्यवस्था मिलाइएको बिक्री प्रबन्धकले जनाएको छ ।

One thought on “मिड सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुस् नतिजा

  1. जमुना राइ says:

    Share result

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*