जलविद्युत कम्पनीको शेयरमा सकारात्मक सर्किट, यी हुन आज सर्वाधिक कमाउने १० कम्पनी

१८ भाद्र २०८०, सोमबार १५:१०

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज सर्वाधिक मूल्यबृद्धि भई बढि मुनाफा कमाउने कम्पनीहरुको सूचिमा जलविद्युत कम्पनीहरु परेका छन् । नेप्सेमा सोमबार थ्रि स्टार हाईड्रोपावर, डोल्टी पावर कम्पनी र रुरु जल विद्युत कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्ने गरी बृद्धि भएको छ ।

तीन वटै कम्पनीहरुको मूल्य आज सर्वाधिक बृद्धि भएको हो । त्यस्तै, पिपुल्स हाईड्रोपावरको शेयर ७.८८ प्रतिशतले बृद्धि भई स्याङ्गे हाईड्रोपावरको शेयर ७.८१ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, हिमालयन लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ६.८५ प्रतिशतले बृद्धि हुँदा आशा लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ५.७२ ले बृद्धि भएको छ ।

त्यस्तै, आत्म निर्भर लघुवित्तको शेयर मूल्य ५.६३ प्रतिशतले बृद्धि हुँदा सिन्धु विकास बैंक र मेन्छियाम हाईड्रोपावर कम्पनी आजका टप १० कम्पनीमा पर्न सफल भएका छन् । आज कूल १३० वटा कम्पनीको शेयर मूल्य बृद्धि भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*