आजसम्म कायम इकाईधनीले सिटिजन्स म्युचुअल फण्ड २ को प्रतिफल पाउने
१८ भाद्र २०८०, सोमबार ०९:३७
काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड २ को प्रतिफल सुरक्षित गर्ने आज (भदौ १८ गते) अन्तिम दिन रहेको छ ।
प्रतिफल वितरण प्रयोजनार्थ फण्डले भोली अर्थात भदौ १९ गते, बुकक्लोज भएको छ । जस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन् ।
सिटिजन्स म्युचुअल फण्ड २ ले आफ्ना इकाईधनीहरुलाई कर सहित ८ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो । फण्डको योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।