एनआईसी एशिया बैंकको एक शाखा कार्यालय स्थानान्तरण
काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले एक शाखा कार्यालय स्थानान्तरण गरेको छ । बैंकले आजदेखि सञ्चालनमा आउने गरी चापागाँउ शाखा कार्यालय स्थानान्तरण गरेको हो ।
बैंकले गोदावरी नगरपालिका ११ पाउली, बुलुमा सञ्चालन रहेको चापागाँउ शाखा आजदेखि स्वही नगरपालिका ११, नगरपालिकाको भवन बज्रबाराहीमा (साबिकको स्थानबाट ८ सय मिटर उत्तर तर्फ स्थानान्तरण भई सो नयाँ स्थानमा शाखा कार्यालय स्थानान्तरण भएको छ ।
बैंकले आज एक सूचना प्रकाशित गर्दै उक्त शाखा कार्यालय स्थानान्तरण भएको जानकारी दिएको हो ।