देशकै दोस्रो ठूलो जीवन बीमा खडा गरेको एलआईसी नेपाल २३ औं वर्षमा प्रवेश

१५ भाद्र २०८०, शुक्रबार १५:२१

एलआईसी (नेपाल) लिमिटेड आफ्नो स्थापनाको २२ वर्ष पुरा गरी २३ औं वर्षमा प्रवेश गरेको छ ।

कम्पनीको कर्पोरेट कार्यालयमा एक कार्यक्रमको आयोजना गरी २२ औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले कम्पनीलाई यस स्थानसम्म आजको दिनसम्म नियमनकारी निकाय, संचालक समिति, शेयरधनी एवं कर्मचारी, अभिकर्ता लगायत सबैमा उनले हार्दिक कृतज्ञता ज्ञापन गर्दै धन्यवाद व्यक्त गरेका छन् ।आगामी दिनहरुमा पनि यस्तै सहयोगको उनले अपेक्षा गरेका छन् ।

एलआईसी नेपाल देशकै दोस्रो ठूलो जीवन बीमा कम्पनी हो । एलआईसी नेपालको जीवन बीमा कोषमा एक खर्ब सात अर्ब ४९ करोड ९४ लाख ६४ हजार ९०७ रुपैयाँ संचिती रहेको छ । कम्पनीको समग्र कोषको आकार एक खर्ब नौ अर्ब माथि रहेको छ ।

बार्षिकोत्सव कार्यक्रम कम्पनीको उच्च पदका व्यवस्थापक, कर्मचारी र एजेण्टहरुको उपस्थितीमा सम्पन्न भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*