नेपाल लाइफले बीमित मान बहादुर बुढालाई १० वर्षसम्म मासिक भत्ता दिने

१५ भाद्र २०८०, शुक्रबार १३:४२

काठमाडौैं । नेपाल लाइफले बीमा दावी भुक्तानी तथा आफ्ना बीमितको समस्यालाई सधै आत्मसाथ गर्दै आइरहेको छ ।

यसैक्रममा, कम्पनीले सवारी दुर्घटनामा परी पूर्ण अशक्त अपाङ्ग भएका मुगु जिल्लाका मान बहादुर बुढाको किस्ता छुट तथा १० वर्षसम्म मासिक भत्ता समेत प्रदान गर्ने भएको हो ।

कम्पनीका कर्मचारीले उक्त किस्ता छुट र मासिक भत्ता प्रदान गरिने भनि निर्णय भएको पत्र घरमै गएर हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । कम्पनीले उनलाई घरमै गएर सो कुराको जानकारी दिनुका साथै उनको स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*