यसरी हेर्नुस् सन नेपाल लाइफको आईपीओको नतिजा

१५ भाद्र २०८०, शुक्रबार ०९:१२

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणमा निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न गरेको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले आज शुक्रबार बिहान शेयर बाँडफाँड गरेको हो ।

कम्पनीको आईपीओको नतिजा विभिन्न तीन वेबसाईटबाट हेर्न सकिने भएको छ । आईपीओको नतिजा बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्टको वेबसाइट https://www.nsmbl.com.np/allotment, सिडीएससीको मेरोशेयरको वेबसाइट  https://meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*