जनउत्थान सामुदायिक लघुवित्तले खुलायो रोजगारको अवसर, एसईई उत्तीर्णले समेत आवेदन दिन पाउने
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले विभिन्न पद तथा श्रेणीमा काम गर्नका लागि कर्मचारीको माग गरेको छ ।
संस्थाले सहायक प्रवन्धक, वरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, व्यवस्थापन प्रशिक्षार्थी, वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक तथा प्रशिक्षार्थी सहायक पदका लागि व्यवस्थापकीय, अधिकृत तथा सहायक श्रेणीमा काम गर्नका लागि कर्मचारीको माग गरेको हो । आवेदन दिनका लागि चाहिने योग्यता सूचनामा तोकेबमोजिम हुनेछ ।
व्यवस्थापकीय श्रेणीका लागि २१ पुरा भई ५० वर्ष ननाघेको, अधिकृत श्रेणीको लागि २१ पुरा भई ४० ननाघेको र सहायक श्रेणीका लागि १८ पुरा भई ३५ ननाघेको हुनुपर्नेछ भने महिलाको हकमा भने माथिल्लो उमेरको हकमा ५ वर्ष थप हुनेछ ।
आवेदन दिन योग्य एवं इच्छुक व्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित मिति (भदौ १४)ले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।