भोलि बस्ने भनिएको राष्ट्रिय बीमा संस्थानको विशेष साधारण सभाको मिति परिवर्तन, यस्ता छन् प्रस्ताव

१४ भाद्र २०८०, बिहीबार १०:१०

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको विशेष साधारण सभाको मिति परिवर्तन भएको छ । भोलि अर्थात भदौ १५ गते हुने भनिएको विशेष साधारण सभा अव यही भदौ २९ गते हुने भएको छ ।

बीमा संस्थाले आज एक सूचना प्रकाशित गर्दै विशेष कारण बस भोलि अथवा भदौ १५ गते हुन नसक्ने जनाएको छ । सभा दिउसो ३ः३० बजे संस्थानको प्रधान कार्यालयमा आयोजना गरिएको संस्थानले प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

सभाले बीमा ऐन २०७९ को दफा १७२ बमोजिम राष्ट्रिय बीमा संस्थानलाई पब्लिक लिमिटेड कम्पनीमा परिणत गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली स्वीकृत गर्ने तथा संस्थानलाई कम्पनीमा लौजादा गर्नुपर्ने कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी समेत प्रदान गर्ने जस्ता प्रस्तावहरु पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*