ग्लोबल डेरिले पशु बीमामा ५० प्रतिशत अनुदान दिने
१३ भाद्र २०८०, बुधबार १९:०७
काठमाडौं । ग्लोबल डेरि प्रा लि ले पशु बीमामा ५० प्रतिशत अनुदान दिने भएको छ ।
कम्पनीका अध्यक्ष थानेश्वर न्यौपानेको जन्म उत्सबको अवसरमा कार्यालयमा आयोजित कार्यक्रममा कर्मचारी बीमा सामाजिक सुरक्षा, सेवा सुबिधा तथा उपदान समेतको ब्यवस्था गरिने प्रतिबद्धता जनाएका हुन् ।
ग्लोबल डेरि लुम्बिनी प्रदेश तथा पश्चिम नेपालको सबै भन्दा ठूलो डेरि कम्पनी हो । कम्पनीमा दुग्ध जन्य सबै परिकारहरु पनि पाईन्छ ।
कम्पनीले किसानलाइ चाहिने दानाको समेत ब्यवस्था गर्दै आईरहेको छ । कार्यक्रममा प्रबन्ध निर्देशक, बित्त बिभाग प्रमुख, प्रसासन प्रमुख लगायत १२० जना कर्मचारिको उपस्थिती रहेको थियो।