सन नेपाल लाइफको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ग नियुक्त

१३ भाद्र २०८०, बुधबार १०:५२

काटमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ग नियुक्त भएको छ ।

कम्पनीको शेयर दाखिल खारेज, नामसारी, धितोबन्धक, डी–म्याट लगायत शेयर रजिष्ट्रेशन सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि नेपाल एसबिआई मर्चेन्टलाई नियुक्त गरिएको हो ।

कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य भदौ १५ गतेदेखि नेपाल एसबिआई मर्चेन्ट, लेखनाथमार्ग, ठमेल काठमाडौंदेखि हुने कम्पनीले सूचनामा उल्लेख गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*