सानिमा रिलायन्स लाइफद्वारा बीमा दावी भुक्तानी

१२ भाद्र २०८०, मंगलवार १३:३२

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको खोटाङको उपशाखा कार्यालयले साकेला गाउँपालिका– १ बाझेच्यानडाडाकी उतर कुमारी राईको मृत्यु दाबी भुक्तानी गरेको हो ।

कम्पनीले एक कार्यक्रमको आयोजना गरी सानिमा रिलायन्स लाइफको दिक्तेल शाखा कार्यालय प्रमुख सन्तोष राईले दावी भुक्तानी वापतको २ लाख २६ हजार ४ सय रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । कार्यालय प्रमुख राईले बीमितलाई छिटो छरितो मृत्यु दाबी भुक्तानी गर्ने गरेको बताए । कम्पनी सहज र सर्वसुलभ बीमा सेवाका लागि प्रतिबद्ध समेत रहेको जानकारी दिए ।

चेक हस्तान्तरण कार्यक्रममा इन्स्योरेन्स कम्पनीका उपशाखा प्रबन्धक सन्तोस राई, प्रेस चौतारी नेपाल केन्द्रिय सदस्य हरिवोल आचार्य, पत्रकार चिसाङ शेर्पा, अभिकर्ता कृष्ण कला राई लगायत स्थानिय व्यक्तिहरुको सहभागिता रहेको थियो ।

अहिले बजारमा लाईफ ईन्स्योरेन्स कम्पनीहरुले समयमा दाबी भुक्तानी नदिने भनि धेरै बीमा कम्पनीहरुको गुनासाहरु आईरहेका बेला सानिमा रिलायन्स कम्पनीले समयमा सहज तरिकाले भुक्तानी दिएको प्रति उदाहरणीय काम गरेकोमा आशा राईले धन्यवाद व्यक्त गरिन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*