हिमालयन लाइफ इन्स्योरेन्सद्वारा २ दिनमै बीमा दाबी भुक्तानी

१० भाद्र २०८०, आईतवार १८:१०

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स विराटनगर शाखाले आवश्यक कागजातहरु उपलब्ध गराएको केवल २ दिनमा दाबी भुक्तानी दिएको छ ।

मोरङ बेलबारी ११ घर भएका मोहन कुमार तामाङको प्राकृतिक मृत्युमा ९ लाख बिमाङ्कको बीमामा २० लाख भन्दा बढी दाबी भुक्तानी कम्पनीले गरेको छ । उक्त दाबी भुक्तानी हिमालयन लाइफ इन्स्योरेन्स कोशी प्रदेशको उपप्रमुख सुरेश कर्ण र शाखाबाट शाखा प्रमुख सन्तोष आचार्य, स्थानीय निकायको जनप्रतिनिधि तथा धार्मिक गुरुहरू र स्थानिय वडा बासीहरुको उपस्थित रहेको थियो ।

करिव ४ वर्ष अघि बीमा गरेका मोहन कुमार तामाङले उपहार जीवन बीमा गरेका थिए । यस योजनामा कम्पनीले निःशुल्क अर्को वर्ष पुनः सोही बिमांक बराबर ९ लाखको नै सावदिक जीवन बीमा उपलब्ध गराएको थियो । यो बीमा उद्योगमा नै एक नौलो बीमा प्रोडक्ट भएको शाखा प्रमुख सन्तोष आचार्यले जानकारी दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*