सानिमा क्यापिटलद्धारा हितग्राहीलाई डिम्याट खाता नविकरण गर्न अनुरोध

२२ असार २०७८, मंगलवार १२:००

काठमाडौं । सानिमा क्यापिटल लिमिटेड वा सानिमा बैंक लिमिटेडले आफ्ना हितग्राहीलाई डिम्याट नविकरण शुल्क बुझाउन अनुरोध गरेको छ । क्यापिटलले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।

क्यापिटलले आर्थिक वर्ष २०७७/०७८ सम्ममा डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राहीहरुले प्रत्येक आ.व.को वार्षिक संचालन शुल्क वापत बुझाउन पर्ने रकम १०० रुपैयाँ बुझाउन आग्रह गरेको छ । क्यापिटलले असार मसान्तसम्ममा कम्पनीमा गई वा आफुलाई पायक पर्ने नजिकैको सानिमा बैंकको जुनसुकै शाखाबाट नविकरण शुल्क बुझाउन अनुरोध गरेको हो ।

साथै विद्युतीय भुक्तानी माध्यमहरु ई–सेवा, खल्ती, कनेक्ट आईपीएस, आइएमई–पे बाट पनि हितग्राही खाताको नविकरण गर्न सकिने क्यापिटलले जनाएको छ । तोकिएको समयभित्र डिम्याट रकम नबुझाएमा डिम्याट खाता स्वतः रोक्का हुने कम्पनीले जनाएको छ ।

 

सूचना स्रोत ः फाइनान्सियल नोटिक डटकम

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*