सर्भेयरको परीक्षा दिनको लागि सूचीकृत हुन बीमा प्राधिकरणको आग्रह

७ भाद्र २०८०, बिहीबार १५:४६

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सर्भेयरको परीक्षा दिन सूचीकृत हुनका लागि आग्रह गरेको छ ।

बीमा ऐन, २०७९ जारी भए पश्चात् बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्र इजाजत पत्र दिने व्यवस्था बमोजिम आज (भदौ ७)को मितिभन्दा अघि बीमा प्राधिकरणबाट सर्भेयरको तालिम लिएका व्यक्तिलाई सर्भेयरको परीक्षा दिन बीमा प्राधिकरणबाट लिएको तालिमको प्रतिलिपिसहित १५ दिनभित्र [email protected] इमेलमा पठाउन प्राधिकरणले आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*