अजोड इन्स्योरेन्स कम्पनीको तेस्रो बार्षिकोत्सव सम्पन्न

२१ असार २०७८, सोमबार १६:१३

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिकोत्सव सम्पन्न भएको छ। कम्पनीले यस बिषम परिस्थितलाई मध्यनजर गर्दै आफनो प्रधान कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले आफनो प्रधान कार्यालय सि.टि.सि. मल सुन्धारामा रक्तदान कार्यक्रम गरि वार्षिकोत्सव मनाएको छ । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत लगायत कम्पनीको कर्मचारी र आगन्तुक समेत गरी ३५ जनाले रक्तदान गरेको थियो ।

कम्पनीले प्रधान कार्यालय सहित सातै प्रदेशमा ७ वटा प्रादेशिक कार्यालय तथा २२ वटा शाखा कार्यालय, १७ वटा उपशाखा कार्यालय गरि जम्मा ४७ वटा कार्यालयहरु, ३ वटा तेश्रो पक्ष बीमा काउण्टरहरु र ७ वटा बीमा काउण्टर मार्फत् बीमा सेवा प्रदान गर्न कम्पनी सक्षम भएको छ भने कम्पनीको सम्पूर्ण कार्यालय र बीमा काउण्टरहरुमा करिब २६७ जना कर्मचारी कार्यरत रहेका छन् ।

कम्पनीले प्रदान गर्ने बीमा सेवालाइ छिटो छरितो भरपर्दो र स्तरीय बनाउदै लैजानका लागि वेभ वेस सिस्टम र कम्प्युटर बिलिङको व्यवस्था गर्नुका साथै दावी भुक्तानी प्रक्रियालाई छिटो छरितो चुस्त एव्म पारदर्शि बनाउने उदेश्यले फस्ट ट्रयाक दावी भुक्तानी नीति अवलम्वन गरि दुई लाख रुपैयाँसम्मको दावी तत्कालै भुक्तानी गर्ने व्यवस्था गरेको छ ।कम्पनीले इन्टरगेड एमआईएस सिस्टम, इन्भेष्टमेन्ट सफट्वयर , गु्रप एसएमएस सिस्टम च्याट बोर्डको को शुरुवात गरि सकेको छ ।

त्यसैगरी, अनलाईनबाटै बीमाुशुल्क भुक्तानी र दाबी भुक्तानी जस्ता आदि सेवाहरु समेतको शुरुवात गरिसकेको छ । चालु आ.ब.को मिति २०७८।०३।२१ गते सम्म कम्पनीको चुक्ता पूँजी १(एक) अर्व, लगानी रु.१४७.३१ करोड र कुल दाबी भुक्तानी रु.५८.९७ करोड ( कोरोना बीमा दाबी भुक्तानी रु.१२.९७ करोड र अन्य बीमा दाबी भुक्तानी रु.४६ करोड ) रहेको छ ।

कम्पनीले प्रविधिमा आधारित बीमा सेवा प्रदान गर्ने लक्ष्य अनुरुप आगामी दिनमा डिजिटल इन्स्योरेन्स पोलिसी जारी गर्ने प्रकृयामा रहेको छ । साथै आगामी दिनमा कम्पनीले बीमा सेवाको पहँच बढाउनको लागि देशका सुगम देखी दुर्गम क्षेत्रमा समेत आफनो बीमा सेवा बिस्तार गर्दै लैजाने लक्ष्य लिएको छ । त्यसैगरी ग्राहकहरुको आवश्यक्ताका आधारमा केही नयाँ बीमालेखहरु पनि प्रचलनमा ल्याउने तयारी गरेको छ ।
कोरना भाइरस ( कोभिड–१९) दोस्रो लहरको माहामारीको विषम परिस्थितिका वावजुत हाल सम्म १२०७०६ बीमालेख जारी गरी रु. १२०.८३ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*