हिमालयन लाइफद्वारा १३ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

६ भाद्र २०८०, बुधबार १४:३९

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको पोखरा सभागृह शाखाले बीमितलाई १३ लाख रुपैयाँ बीमा दाबी भुक्तानी दिएको हो ।

उक्त कम्पनीको पोखरा सभागृह शाखाका प्रमुख बरिष्ठ मार्केटिङ अधिकृत श्याम प्रसाद तिमिल्सेनाले एक समारोहकाबीच बीमित सुविन सुवेदीको परिवार मञ्जु ढकाललाई १३ लाखको चेक हस्तान्तरण गरेका हुन् ।

वैदेशिक रोजगारका क्रममा जापानमा रहेका सुवेदिको बिरामीको कारण निधन भएको थियो । उनले वैदेशिक रोजगार म्यादी बीमा गरेका थिए ।

सो कार्यक्रममा कम्पनीका सिनियर एजेन्सी मेनेजर कृष्ण बहादुर भट्टराई, सिनियर एजेन्सी मेनेजर लक्ष्मण भट्टराई एवम् एजेन्सी मेनेजर बिनिता सुवेदी भण्डारीलगायतको उपस्थिति रहेको थियो ।

One thought on “हिमालयन लाइफद्वारा १३ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

  1. Purna bahadur thapa says:

    Thank you so much
    Himalayan life insurance

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*