नेपाल लाइफ र एलआईसी नेपालको बीमा कोष खर्बमाथि, वृद्धिदरमा सिटिजन रिलायबल नेपाल, आइएमई र सन नेपाल लाइफ अग्रस्थामा
काठमाडौं । प्रिमियम मूल्यमा आइपीओ निष्काशन गरेको र मर्जरपछि जीवन बीमा कम्पनीहरुले बीमा कोष थप बलियो बनेको छ। बीमा प्राधिकरणको पुँजिवृद्धिको निर्णयपछि बीमा कम्पनीहरुले मर्जरलाई थप बलियो बनाउदै लगेको तथ्याङ्कमा देखिएको छ। हाल १९ जीवन बीमा कम्पनीहरुबाट ५ मा झरे/ १४ मा कायम भएको छ।
त्यस्तै, पुँजिवृद्धिको लागि प्रिमियम मूल्यमा आइपीओ निष्काशन गरेका चार बीमा कम्पनीहरुको बीमा कोष पनि थप मजबुत देखिएको छ। प्रिमियम मूल्यमा आइपीओ निष्काश गरेको बीमा कम्पनीहरुको बीमा कोष थप मजबुत बनेको तथ्यांकले देखाएको छ ।
गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा सिटिजन लाइफको जीवन बीमा कोष सर्वाधिक बढेको छ। कम्पनीको बीमा कोष ५६ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक बर्षमा ६ अर्ब रुपैयाँ बीमा कोष भएको बीमा कम्पनीहले गत आर्थिक बर्षको तुलनामा बढाएर ९ अर्ब ४१ करोड रुपैयाँ पुराएको छ ।
दोस्रोमा रिलायबल नेपाल लाइफ रहेको छ। यस त्रैमाससम्मको अवधिमा कम्पनको बीमा कोष ४४ प्रतिशतले बढेर ६ अर्ब ६३ करोड रुपैयाँ रहेको छ। तेस्रोमा आइएमई लाइफ रहेको छ।
कमपनीले अघिल्लो आर्थिक बर्षको तुलनामा बीमा कोष ४३ प्रतिशतले बढाएको छ ।कम्पनीको जीवन बीमा कोषमा ६ अर्ब ७५ करोड रुपैयाँ रहेको छ।
चौथौमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको बीमा कोष गत आर्थिक बर्षको तुलनामा ४३ प्रतिशतले बढेको छ ।
कम्पनीले गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा ५ अर्ब रुपैयाँ रकम बीमा कोष संचिति गर्न सफल भएको छ ।
गत आर्थिक बर्षमा कस्को बीमाशुल्क आर्जन कति ?
गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा सदाझै नेपाल लाइफ नै अग्रस्थानमा उक्लिन सफल भएको छ ।
कम्पनीको बीमा कोषमा १ खर्ब ६३ अर्ब रुपैयाँ रकम संचित रहेको छ।
दोस्रोमा एलआईसी नेपाल रहेको छ। कम्पनीको जीवन बीमा कोषमा १ खर्ब ७ अर्ब रुपैयाँ रहेको छ ।
तेस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीको जीवन बीमा कोषमा ६० अर्ब रुपैयाँ रकम संचिती रहेको छ।
चौथौमा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको जीवन बीमा कोषमा ५२ अर्ब रुपैयाँ रहेको छ।
कम्पनीहरुले प्रकाशन गरेको तथ्यांङ्क अनसार सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानको ४७ अर्ब रुपैयाँ, एशियन लाइफको ३६ अर्ब रुपैयाँ, सूर्या ज्योती लाइफको २६ अर्ब रुपैयाँ, सूर्या ज्योती लाइफको २६ अर्ब रुपैयाँ, मेट लाइफको २३ अर्ब रुपैयाँ र सिटिजन लाइफको ९ अर्ब ४१ करोड रुपैयाँ रकम बीमा कोषमा संचिती रहेका छन् ।
त्यस्तै, सानिमा रिलायन्स लाइफको ८ अर्ब ६४ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको ७ अर्ब २४ करोड रुपैयाँ, आइएमई लाइफको ६ अर्ब ७५ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफको ६ अर्ब ६३ करोड रुपैयाँ र सन नेपाल लाइफको ५ अर्ब रुपैयाँ रकम बीमा कोषमा संचित रहेका छन् ।