एलआईसी नेपालको व्यतित बीमालेखमा छुट
४ भाद्र २०८०, सोमबार १६:४५
एलआईसी नेपालले व्यतित बीमालेखमा छुट दिने भएको छ। कम्पनीले भाद्र १ गतेदेखि असोज १३ गते सम्म सुचारु गरेमा उक्त बीमालेखहरुमा लाग्ने बिलम्ब शुल्कमा छुट प्रदान गरिने जनाएको छ।
कम्पनीले व्यतित भएका बीमालेखहरुमा ४० प्रतिशत छुट प्रदान गर्र्ने भएको छ।
कम्पनीको यस योजनामा सरिक हुनेले बीमा पोलिसीको विलम्ब शुल्कमा अधिकतममा २५ हजार रुपैयाँभन्दा बढी छुट नहुने उल्लेख गरिएको छ।