नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको पुरानो क्यापिटल प्लान फेरियो, पुँजि पुराउन नेपाल पुनर्बीमा शेयर डिभेञ्चर बिक्री गर्दै

रिना खत्री
४ भाद्र २०८०, सोमबार १३:१२

काठमाडौं । नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स कम्पनीलाई नियामक निकायले तोकिएको समयमा चुक्ता पुँजी पुर्याउने पुरानो क्यापिटल प्लान फेरिएको छ । यी दुबै कम्पनीले पुँजि पुराउन कसरत गरिरहेपनि तोकिएको समयमा पुँजि पुराउन सकेको छैनन् । यद्यपि के के न हुन्छ भन्दै मर्जरमा गएका सबै बीमा कम्पनीहरुको व्यवसायमा निराशाजनक रहेको छ ।

नियामक निकाय नेपाल बीमा प्राधिकरणले २०८० साल असार मसान्तसम्म बीमा कम्पनीहरुलाई पुँजिवृद्धि गर्ने निर्देशन दिएको थियो । सो बमोजिम बीमा प्राधिकरणले जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ निधारण गरिदिएको थियो ।

नेपाल बीमा प्राधिकरणले वर्षदिनमा चुक्ता पुँजि साढे दुई गुणा बढाउने २०७८ चैत्रको निर्णय कार्यान्वयन गर्न व्यवहारिक चुनौति खडा भएको छ । जसको परिणाम केही कम्पनीहरुले कुन विधिबाट चुक्ता पुँजि बढाउने भनेर अझै अन्योलमै रहेका छन् भने मर्जरमा गएका बीमा कम्पनी असफल भएका छन् ।

प्रभु र नेपाल इन्स्योरेन्समा भने अझै पुरानो क्यापिटल प्लानमा काम गर्ने वा नयाँ विकल्प छनोट गर्ने बिषयमा अझै निर्णय गरिसकेको छैन । हाल संचालनमा रहेका २९ कम्पनीहरुमध्ये कति पुँजि पुराइसकेको छ भने कतिपयले क्यापिटल प्लान प्राधिकरणमा पेश गरिसकेको छ । नेपाल इन्स्योरेन्स र प्रभु इन्स्यारेन्स कम्पनीलाई पुँजि पुराउने बारे बीमा प्राधिकरणले यसअघि स्पष्टिकरण समेत सोधिसकेको छ ।

प्रभु इन्स्योरेन्स कम्पनीले विदेशी भेञ्चर भित्राउने वा हकप्रद शेयर जारी गर्ने भन्ने बिषयमा अन्न्यौल रहेको छ । हालसम्म प्राधिकरणमा दुबै प्रस्ताव कम्पनीले पेश गरेको छ ।प्रभु इन्स्योरेन्स कम्पनीले अन्तिम विकल्प के हो भन्ने बिषयमा कुनै टुंगो नदिएको बीमा प्राधिकरणले जनाएको छ ।

यी दुबै कम्पनीलाई शेयर र डिभेञ्चर बिक्री गर्ने वा अन्य विकल्प छनोट गर्ने बाटो देखाइसकेको प्राधिकरणका राजुरमण पौडेलले बताएका छन् । क्यापिटल प्लान अनुरुप दुबै कम्पनीको पुरानो योजना सफल नहुने देखिएपछि कम्पनीले अन्य विकल्पको रुपमा पुँजि पुराउने लक्ष्य लिइसकेको छ ।

दुबै कम्पनीको संचालक समितिले पनि पुँजि पुराउन अन्य विकल्पको छनोट गर्ने बिषयमा कुरा हाल उठ्दैछ । कम्पनीले शेयर बिक्री, डिभेञ्चर र हकप्रद शेयर गर्ने समेत योजना बनाएको प्राधिकरणले जनाएको छ ।

त्यस्तै, नेपाल इन्स्योरेन्स कम्पनीले भने आफनो साख जोगाउन सम्पत्ति बेचेर पुँजि पुराउने प्रस्ताव पेश गरेपनि कम्पनीको जग्गा बिक्रि नभएपछि पुनः बिक्रिमा राखेको छ । जुन बिषयको जानकारी बीमा प्राधिकरणमा दिइसकेको छ । कम्पनीले हकप्रद शेयर बिक्रि र डिभेञ्चर बिक्री नै विकल्पमा राखेको छ । बीमा कम्पनीहरुले नै कम्पनीको जग्गा लिने बिषयमा छलफल भएपनि मूल्य नमिल्दा कम्पनीले पटक पटक सूचना जारी गनुपरेको कम्पनीले जनाएको छ ।

नेपाल इन्स्योरेन्स कम्पनीले आफ्नो स्वामित्वमा रहेको सम्पत्ति घरजग्गा बिक्री गर्ने पहल भएको छ । इन्स्योरेन्सको आफ्नो स्वामित्वमा रहेका ४ वटा जिल्लाका घर र जग्गा लिलामीमा बिक्री गर्ने भएको हो । इन्स्योरेन्स कम्पनीले काठमाडौं, मोरङ्ग, पर्सा र चितवन जिल्लाका ४ वटा ठाउँको घरजग्गा बिक्री गर्ने जनाएको छ ।

नेपाल इन्स्योरेन्स कम्पनीले पुँजि पुराउन पटक पटक जग्गा बिकी्र गर्न खोज्दा पनि आर्थिक मन्दी र जग्गा किताकाटको समस्याको कारण सफल हुन सकेको छैन । सरकारले गत साता मात्रै जग्गा किताकाट खुकुलो गरेसँगै केही सकारात्मक आश पलाएको देखिन्छ ।

सूचना जारी गरेको एक महिना बित्दा पनि घरजग्गा बिक्न नसकेपछि इन्स्योरेन्सले दोहोरो पटक सूचना जारी गरेको छ । इन्स्योरेन्सले काठमाडौं, मोरङ्ग, पर्सा र चितवन गरी चार वटा जिल्लाका घर र जग्गा लिलामीमा बिक्री गर्न गत असार २५ गते नै पहिलो पटक एक सूचना जारी गरेको थियो । जुन सूचना कम्पनीले साउन १९ गते पुनः प्रकाशन गरेको छ ।

उक्त सूचनाको समय सकिएपछि तेस्रो पटक आज पनि सूचना जारी गरेको छ । कम्पनीको जग्गा शिखर र सगरमाथा इन्स्योरेन्स कम्पनीले किन्न खोजेको देखिन्छ । जग्गाको मूल्य नमिलेको कारण उक्त बिषयमा टुगीएको थियो ।

प्रभुले थाइल्यान्डको इन्स्योरेन्स कम्पनी ‘क्रिप्टो नियो’ लाई साझेदार बनाएर ल्याउन खोजेको छ । तर, कुरा मिल्न बाँकी रहेकोले अन्तिम टुंगोमा पुग्न बाँकी छ ।

प्राधिकरणको के छ धारणा ?

दुबै कम्पनीले पुँजिवृद्धिको योजना अघि बढाईरहेको छ । प्रयास गरिरहेको छ, कुनै प्रकृया नै नगरेको भए कारवाही पक्कै हुन्थ्यो । तर पुँजिवृद्धिको प्रयासरतमा रहेको हुँदा प्राधिकरणले तत्कालै यी दुई कम्पनीलाई कारावाहीको गर्ने भन्दा पनि अन्य विकल्पको सुझाव दिने काम भएको प्राधिकरणका कार्यकारी निर्देशन पौडेलले बताए । प्राधिकरण तत्कालै पुँजि नपुराउने यी दुई कम्पनीको बिषयमा कुनै एक्सनमा जानेभन्दा पनि सहजिकरण गरेर मार्गप्रसस्त गर्ने पक्षमा रहेको देखिएको छ ।

प्रभु इन्स्योरेन्सले प्राधिकरणले तोकेको न्यूनतम चुक्तापुँजी पुर्याउन यसअघि साबिक अजोड इन्स्योरेन्ससँग मर्जरमा जाने सहमति गरेको थियो । प्रभु र अजोडबीच स्वाप रेसियो, नाम र सञ्चालकको विषयमा सहमति नहुँदा दुईबीचको मर्जरको बिषय तोडिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*