हकप्रद र बोनस शेयर आउने लोभमा बीमा कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता (एलटीपीसहित)

२ भाद्र २०८०, शनिबार १०:००

काठमाडौं । यो साता शेयर बजारको अन्तिम दिनमा ८ अंकले बढेर २०३३ को विन्दुमा कायम भएको छ । शेयर बजारमा सामान्य सुधार आएसँगै जीवन बीमा र निर्जीवन बीमा उपसूचकमा पनि सुधार आएको छ ।

कारोबार साताको अन्तिम दिन जीवन बीमा उपसूचक ० दशमलव ८१ प्रतिशत अर्थात ९० रुपैयाँले बृद्धि भई ११ हजार एक सय ७५ को विन्दुमा कायम भएको छ । यसका साथै निर्जीवन बीमा उपसूचक पनि ० दशमलव ५५ प्रतिशतले अर्थात ५९ रुपैयाँले बृद्धि भई १० हजार ८४३ को विन्दुमा कायम भएको छ ।

यो साता शेयर बजारमा ८ कम्पनीको शेयर कारोबार भएको छ । कारोबार भएका जीवन बीमा कम्पनीहरुमध्ये ७ कम्पनीको शेयरमूल्य बढेको छ भने एक कम्पनीको मात्रै शेयरमूल्य घटेको छ ।

यो शाता कारोबार भएका कम्पनीहरुमध्ये एलआइसी नेपालको शेयरमूल्य सर्वाधिक रहेको छ । यो साता कम्पनीको शेयरमूल्य प्रतिकित्ता एक हजार ७५ रुपैयाँमा किनबेच भएको छ ।

त्यस्तै, नेपाल लाइफको सात सय रुपैयाँ, एशियन लाइफको ६९४ रुपैयाँ, नेशनल लाइफको ६ सय रुपैयाँ, आइएमई लाइफको ५८३ रुपैयाँ, सूर्यज्योति लाइफको ५३२ रुपैयाँ र हिमालयन लाइफको ४४५ रुपैयाँमा शेयर कारोबार भएको छ ।

यो साता १२ निर्जीवन बीमा कम्पनीहरुको शेयर कारोबार भएको छ । कारोबार भएका कम्पनीहरुमध्ये ९ कम्पनीको शेयरमूल्य बढेको र एक कम्पनीको घटेको छ ।
कारोबार भएका कम्पनीहरुमध्ये सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य सर्वाधिक रहेको छ । कम्पनीको शेयर प्रतिकित्ता १५ हजार २५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, एनएलजीको ८०८ रुपैयाँ, शिखरको ७८७ रुपैयाँ, नेपाल इन्स्यारेन्सको ७८४ रुपैयाँ, सिद्धार्थ प्रिमियरको ७५४ रुपैयाँ, सगरमाथा लुम्बिनीको ७३१ रुपैयाँमा यो साता शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*