आइसीएफसी फाइनान्सको स्वतन्त्र सञ्चालकमा राजेन्द्र गोपाल श्रेष्ठ नियुक्त
१ भाद्र २०८०, शुक्रबार १०:४०
काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा राजेन्द्र गोपाल श्रेष्ठ नियुक्त भएका छन् ।
कम्पनीको साउन ३२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले श्रेष्ठलाई चार वर्षको लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।
icfc finance