बीमा अभिकर्ता तालिम लिएकालाई परीक्षामा सामेल हुन यूनाइटेड अजोड इन्स्योरेन्सको आग्रह

३२ श्रावण २०८०, बिहीबार १२:३३

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले अभिकर्ता तालिम लिएका र इजाजत पत्र प्राप्त गर्न बाँकी व्यक्तिलाई परीक्षामा सामेल हुन आग्रह गरेको छ ।

कम्पनीले सञ्चालन गर्न लागेको अभिकर्ता तालिममा न्यूनतम एसएलसी वा सो सरह परीक्षा उत्र्तीण गरेका व्यक्तिले सहभागी जनाउन सक्नेछन् । यसका लागि इच्छुक व्यक्तिले शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपिसहित, स्थायी लेखा नम्बरको प्रतिलिपि र ४ प्रति पासपोर्ट साइजको फोटो कार्यालयको इमेल [email protected] मा भदौ १३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

नेपाल बीमा प्राधिकरणबाट अभिकर्ता इजाजत पत्र जारी गर्नको लागि आवश्यक पर्ने पाँच हजार रुपैयाँ कार्यालयको ग्लोबल आईएमई बैंकको कमलादी खाता नं. ७५०१०१०००००३३ मा जम्मा गरी भौचरसहित जानकारी गर्न कम्पनीले आग्रह गरेको छ ।

साथै, तालिममा सहभागी भई इजाजत पत्र पाउन बाँकी व्यक्तिले भदौ १९ गते हुने परीक्षामा सहभागी हुन कम्पनीले आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*