क्रेस्ट माइक्रो लाइफको पहिलो वित्तीय विवरण सार्वजनिक, खुद मुनाफा ६९ लाख रुपैयाँ

३२ श्रावण २०८०, बिहीबार ११:५४

काठमाडौं । क्रेस्ट माइक्रो लाइफले आफ्नो पहिलो अपरिष्कृत वित्तीय विवरण आज सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार कम्पनीले पहिलो आर्थिक वर्षमा ६९ लाख चार हजार मुनाफा आर्जन गरेको छ । यद्यपि सो मुनाफा बीमा व्यवसाय र कोष परिचालनबाट आर्जन गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको जगेडा कोष ६२ लाख १४ हजार संचिती गरेको छ भने महाविपत्ती कोष ६ लाख ९० हजार संचिती रहेको छ ।
कम्पनीले व्यवस्थापन खर्च ७ लाख २८ हजार रुपैयाँ मात्रै खर्च गरेको छ । कम्पनीले असारको अन्तिम साता कारोबार गरेकोले व्यवस्थापन खर्च नदेखिएको हो ।

कम्पनीले खुद बीमाशूल्क आर्जन ३० हजार रुपैयाँ आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म ९२ वटा बीमालेख पोलिसी जारी गरी ६४ हजार बीमाशूल्क आर्जन गर्न सफल भएको छ ।
कम्पनीले ५२ करोड ५० लाख चुक्ता पुँजिसहित लघुबीमा व्यवसाय भर्खरै मात्रै सुरु गरेको हो । कम्पनीको केन्द्रीय बीरेन्द्रनगर सुर्खेतमा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*