राष्ट्रिय बीमा कम्पनीको खुद नाफा ६३ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

३२ श्रावण २०८०, बिहीबार ०९:०३

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको खुद नाफा ६३।१६ प्रतिशत ले बढेर गत आर्थिक वर्षको अन्त्यसम्ममा ७७ करोड २५ लाख ४६ हजार रुपैयाँ पुगेको छ ।े

वर्षको सोही अवधिमा यसले ४७ करोड ३४ लाख ९५ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा खुद बिमा शुल्क आर्जन ७।७४५ ले बढेर ३७ करोड २१ लाख १६ हजार रुपैयाँ पुगेको छ । यता, लगानी, कर्जा तथा अन्य आम्दानी १३० प्रतिशत ले बढेर ७५ करोड २७ लाख रुपैयाँ पुगेपछि खुद नाफामा सुधार भएको छ ।

बीमा कोषको आकार १४।४८ प्रतिशत ले बढेर ३ अर्ब ५ करोड ३२ लाख रुपैयाँ पुगेको छ । असार मसान्तसम्म आइपुग्दा यस कम्पनीको प्रतिसेयर आम्दानी २८९ रुपैयाँ ७३ पैसा र प्रतिसेयर नेटवर्थ १ हजार ५१४ रुपैयाँ ४७ पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*