प्रभु इन्स्योरेन्सको अधिकांश सूचक सकारात्मक सुधार, खुद मुनाफा २९ प्रतिशले बढ्यो

३१ श्रावण २०८०, बुधबार १६:३४

काठमाडौं ।  प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा २४ करोड १५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएकोछ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले १८ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । . अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको २९।७६ प्रतिशतले वृद्धि भएको छ।

कम्पनीको खुद बीमाशुल्क पनि ३३।२८ प्रतिशतले बढेर ६३ करोड ८१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ४७ करोड ८८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले यस अवधिमा पुनर्बीमा कमिशन बापत १९ करोड ९ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्यबाट ३ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी १ अर्ब ३७ करोड ६१ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २२ करोड ६४ लाख रुपैयाँ, बीमा कोषमा १ अर्ब ३ करोड ६१ लाख रुपैयाँ र महाविपत्ती कोषमा ९ करोड २० लख रुपैयाँ सञ्चित रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४३ गुणा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*