वित्तीय विवरणमा सानिमा जिआईसीः मुनाफा २८ करोडमाथि, बीमा व्यवसाय दुई अर्ब नाघ्यो
काठमाडौं । सानिमा जिआईसीले गत आर्थिक वर्षको बार्षिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा २८ करोड एक लाख ८२ हजार रुपैयाँ आर्जन गर्न सफल भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी १४.०१ रुपैयाँ रहेको छ ।
गत वर्ष मर्जरमा गएको सो कम्पनीले कूल दुई अर्ब छ करोड ८९ लाख ५० हजार ८५६ रुपैयाँको कूल बीमा व्यवसाय गर्न सफल भएको छ । सो व्यवसायको लागि कम्पनीले ३५ करोड भन्दा बढि व्यवस्थापन खर्च गरेको छ । त्यस्तै, कम्पनीले लगानी तथा अन्यबाट प्राप्त आम्दानी ५७ करोड नाघेको छ । उक्त आम्दानी र बीमा व्यवसायबाट प्राप्त आम्दानीले कम्पनीको मुनाफा २८ करोड कमाउन सफल भएको हो । समीक्षा अवधीमा कम्पनीको सबै सूचांक सुधारको दिशामा अघि बढेको देखिएको छ । अन्य कम्पनीमा झै सानिमा जिआईसीमा पनि मर्जर आर्थिक संकटको प्रभाव देखिए पनि लगानीकर्ताको लागि सन्तोषजनक नतिजा निकाल्न सफल भएको वित्तीय विवरणले देखाएको छ ।
कम्पनीको चुक्ता पुँजि दुई अर्ब रुपैयाँ रहेको छ । मूल्य आम्दानी अनुपात ४६.३९ रुपैयाँ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य १९८.२४ रुपैयाँ रहेको छ ।