सगरमाथा लुम्बिनी इन्स्योरेन्सको प्रतिशेयर आम्दानी २९ रुपैयाँ, बक्यौता दावी भुक्तानी चार अर्बमाथि

३१ श्रावण २०८०, बुधबार ०६:४४

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको वित्तीय विवरण आज सार्वजनिक भएको छ । आज प्रकाशित विवरण अनुसार कम्पनीको मुनाफा ४५ करोड ८२ लाख ६३ हजार पुगेको देखिएको छ । कम्पनीले गत आर्थिक वर्षमा कूल तीन अर्ब ४१ करोडको बीमा व्यवसाय गरी सो मुनाफा आर्जन गरेको हो । साथै कम्पनीको बीमा कोषमा रहेको दुई अर्ब २८ करोड तथा अन्य पुँजि परिचालन गरी सो मुनाफा आर्जन गर्न सफल भएको हो ।

गत आर्थिक वर्षमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले व्यवस्थापन खर्च बापत ४९ करोड रुपैयाँ खर्च गरेको छ । कम्पनीले लगानी, कर्जा तथा अन्य आय बापत करिब ८० करोड रुपैयाँ आम्दानी गर्न सफल भएको छ । कम्पनीको वित्तीय विवरण अनुसार एकीकृत हुनुअघिको दुई कम्पनीको संयुक्त वित्तीय सूचांकको तुलनामा गत आर्थिक वर्षको सूचांकमा केही घटेको देखिएको छ ।

कम्पनीको चुक्ता पुँजि दुई अर्ब ६२ करोड पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*