नेको इन्स्योरेन्सको मुनाफा र व्यवसाय दुवै बढ्यो, प्रतिशेयर आम्दानी २७ रुपैयाँ हुँदा अन्य सूचांक कस्तो ?

३१ श्रावण २०८०, बुधबार ०६:२६

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको बार्षिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा, व्यवसाय र प्रतिशेयर आम्दानी सबैमा बृद्धि भएको देखिएको छ ।
कम्पनीले गत आर्थिक वर्षमा ५५ करोड ३१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले जम्मा ५४ करोड ४८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । कम्पनीको मुनाफा सामान्य अंकले बृद्धि भएको छ । त्यस्तै, खुद बीमा शुल्क आम्दानी एक अर्ब ६५ करोड ९७ लाख रुपैयाँ गरेको छ । अघिल्लो आवमा कम्पनीले एक अर्ब ७२ करोड बीमा शुल्क आम्दानी गरी जोखिम धारण गरेको थियो । समीक्षा अवधीमा कम्पनीको व्यवसाय सामान्य बृद्धि दुई दुई अर्ब ८५ करोडबाट बढेर दुई अर्ब ९२ करोड २४ लाख पुगेको छ ।

कम्पनीको लगानी कर्जा तथा अन्य आय ३१.६१ प्रतिशतले बृद्धि भई ३५ करोडबाट बढेर ४६ करोड पुगेको छ । कम्पनीको व्यवस्थापन खर्च ७.१८ प्रतिशतले बृद्धि भएको छ ।

कम्पनीको बक्यौता दावी भक्तानी घटेर एक अर्ब ९३ करोडबाट एक अर्ब ४३ करोडमा झरेको छ । कम्पनीको व्यवस्थापन खर्च ४९ करोडबाट बढेर ५२ करोड पुगेको छ । कम्पनीको बीमा कोषमा एक अर्ब ६३ करोड रुपैयाँ संचिती रहेको छ । अघिल्लो वर्ष यस्तो कोषमा एक अर्ब ३५ करोड रुपैयाँ संचिती रहेको थियो । कम्पनीको कोषको समग्र आकाश दुई अर्ब २२ करोड ९५ लाख ११ हजार पुगेको छ । कम्पनीको समग्र कोष १४.९९ प्रतिशतले बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*