ब्रोकर कम्पनीलाई सूचिकृत हुन लगानी कोषको आग्रह

२० असार २०७८, आईतवार १६:४१

काठमाडौं । नागरिक लगानी कोषले ब्रोकर कम्पनीहरुलाई धितोपत्र दलाल सेवाका लागि सूचीकृत हुन अनुरोध गरेको छ ।

कोषले आज सूचना प्रकाशित गर्दै आर्थिक वर्ष २०७८/७९ मा धितोपत्र दलाल सेवाका लागि ब्रोकर कम्पनीहरुलाई सूचिकृत हुन आह्वान गरेको हो ।

कोषले कम्तीमा ५ वर्षको कार्यानुभव भएका कम्पनीले प्रोफाइल सहित दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर (प्यान) दर्ता प्रमाणपत्र, गत आर्थिक वर्षको कारोबार विवरण, गत ३ वर्षको लेखापरीक्षण प्रतिवेदन र आ.व. २०७६/०७७ को करचुक्ता प्रमाणपत्रको प्रतिलिपि संलग्न गरी ७ दिनभित्रमा कोषमा सूचिकृत हुन सूचना जारी गरेको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*