रिलायबल नेपाल लाइफको आइपीओ बाँडफाँड यसै साता हुने

३० श्रावण २०८०, मंगलवार १४:३६

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आइपीओ बाँडफाँडले यसै साता हुने भएको छ। कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटलले यसै साता भित्र बाँडफाँट हुने जनाएको छ ।

आइपीओमा १४ लाख ७७ हजार ८७७ जनाले ४ अर्ब ४९ करोड ३९ लाख ७३ हजार ९६० रुपैयाँ बराबरको १ करोड ७४ लाख ८६ हजार २८० कित्ताको लागि आवेदन दिएका छन् ।

कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन परेको हुदाँ गोलाप्रथाबाट बाँडफाँट हुने छ । जसमा ९ लाख ६० हजारले १०।१० कित्ताका दरले सेयर हात पार्नेछन् ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर २५७ रुपैयाँमा सेयर निष्काशन गरेको थियो । कम्पनीले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर निष्काशन तथा बिक्री खुला गरेको थियो ।
केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*