युनाइटेड अजोडको वित्तीय विवरणः व्यवसाय थप विस्तार, अन्य सूचांकमा प्रगति

३० श्रावण २०८०, मंगलवार १३:५४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको अपरिष्कृत अन्तिम वित्तीय विवरण प्रकाशित गरेको छ ।

विवरण अनुसार साबिकको युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स मर्ज भई बनेको ‘युनाइटेड अजोड इन्स्योरेन्स’ कम्पनीको मुनाफामा गिरावट आएको तथ्यांकले देखाएको छ । दुई कम्पनीको अघिल्लो वर्षको वित्तीय विवरणको तुलनामा गत आवको वित्तीय विवरणमा यस्तो देखिएको हो ।

मर्जरको प्रभाव र आर्थिक मन्दीको समस्याको असर युनाइडेट अजोड इन्स्योरेन्स कम्पनीमा देखिएको हो । वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा ३१ करोड ८८ लाखबाट झरेर २९ करोड १३ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो आथिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको मुनाफा ८ प्रतिशतले घटेको हो ।

गत असार मसान्तसम्ममा कम्पनीको कुल बीमा शुल्क आर्जन सामान्य प्रतिशतले बढेको छ । यस अवधिमा कम्पनीको यस्तो शुल्क ५ प्रतिशतले बढेर ३ अर्ब ४२ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ९२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क ९ प्रतिशतले घटेको छ । यस अवधिमा कम्पनीको यस्तो बीमा शुल्क एक अर्ब २३ करोड रुपैयाँबाट घटेर एक अर्ब ११ करोड १५ लाख रुपैयाँमा सीमित रहेको छ । त्यस्तै, कम्पनीले असार मसान्तसम्ममा ७० करोड ८ लाख रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ ।

कम्पनीको लगानी, कर्जाबाट प्राप्त आम्दानी २१ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा कम्पनीले ३५ करोड ६२ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २९ करोड २६ लाख रुपैयाँ आर्जन गरेको थियो । त्यस्तै, कम्पनी मर्जर भएपश्चात व्यवस्थापन खर्च ७ प्रतिशतले बढेको छ । यस अवधिमा कम्पनीले व्यवस्थापनमा ६३ करोड ३७ लाख रुपैयाँ खर्चिएको तथ्याङ्कले देखाएको छ ।

कम्पनीमा हाल दुई लाख ४३ हजार २४० बीमा पोलिसी जारी रहेका छन् । कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ ६१ पैसा र प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*