प्रिमियम मूल्यमा आइपीओ निष्काशन गरेको सिटिजन लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन ५ अर्ब ३५ करोड रुपैयाँ, अन्य वित्तिय सूचक कस्तो ?

३० श्रावण २०८०, मंगलवार ०६:३५

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको खुद बीमा शुल्क आर्जन ६ दशमलव ७२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक बर्षमा ५ अर्ब ०१ करोड रुपैयाँ खुद बीमशुल्क आर्जन गरेको कम्पनीले यस त्रैमाससम्मा आफनो खुद बीमाशुल्क आर्जन बढाएर ५ अर्ब ३५ करोड रुपैयाँ पुराएको छ ।

त्यस्तै, इन्स्योरेन्सको खुद नाफा ६५ दशमलव ८८ प्रतिशतले वृद्धि भएको छ ।यसअवधिसम्ममा कम्पनीले २० करोड ११ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सपल भएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १२ करोड १२ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

कम्पनीले गत आर्थिक वर्ष १ अर्ब ५७ करोड रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ ।

कम्पनीको हालको चुक्ता पूँजी २ अर्ब ६२ करोड छ ।जीवन बीमा कोषमा ९ अर्ब ४१ करोड रुपैयाँ जम्मा भएको छ भने जगेडा कोषमा १ अर्ब ९ करोड रुपैयाँ रकम संचिति रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*