नेपाल लाइफलाई चम्किलो नक्षत्रको रूपमा स्थापित गर्न प्रतिकुलतालाई अनुकुलतामा बदली सर्वोत्कृष्ट बनाउने अभिकर्तालाई सम्मान गर्दा खुसि छौं: महासचिव

२८ श्रावण २०८०, आईतवार १२:५४

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय ‘लिडरसिप एक्सिलेन्स अवार्डस्–२०२३’ कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा बोल्दै पेशागत बीमा अभिकर्ता संघ नेपालका महासचिव ओम केसीले अभिकर्तालाई सम्मान गरेकोमा नेपाल लाइफलाई धन्यवाद ज्ञापन गरेको हुन् ।

चितवनको सोल्टी वेस्टइन्ड रिसोर्टमा श्रावण १७ देखि १९ गतेसम्म चलेको कार्यक्रम “ सार्क वर्ष:  पराक्रमी गति, आक्रामक नीति ” नाराका साथ सम्पन्न भएको हो । कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने १३० भन्दा बढी एजेन्सी तथा एजेन्सी मेनेजरहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै पेशागत बीमा अभिकर्ता संघ नेपालका महासचिव ओम केसीले अथक मिहेनत र परिश्रम गरेर कम्पनीलाई अव्वल बनाउन अहोरात्र लागेका अभिकर्ता साथीहरुलाई सम्मान गर्ने परिपाटी स्थापित गरि हरेक वर्ष झन् परिस्कृत र बृहत रुपमा कार्यक्रम संचालन भएको देख्दा मन हर्षित भएको र भव्य आयोजनाका निम्ति कम्पनीका व्यवस्थापन समितिलाई आफ्नो व्यक्तिगत तथा पेशागत बीमा अभिकर्ता संघ,नेपालको तर्फबाट धन्यवाद ज्ञापन गर्नुका साथै आगामी दिनमा झन् भब्य र सभ्य कार्यक्रमहरु नेपाल लाइफद्वारा आयोजना हुनेमा आफु विस्वस्त रहेको कुरा बताएका थिए ।

विभिन्न समस्याका बाबजुद अथक परिश्रम गरि यस कम्पनीलाई बीमा क्षेत्रमा एक चम्किलो नक्षत्र रूपमा स्थापित गर्न प्रतिकुलतालाई अनुकुलतामा बदली कम्पनीलाई सर्वोत्कृष्ट बनाई सम्मानित भएका सबैलाई धन्यवाद ज्ञापन गरेका हुन ।

उनले आगामी दिनमा कम्पनीको लक्ष्य प्राप्तिका निम्ति दत्त चित्त भएर लागि पर्ने प्रतिबद्ता जाहेर गरेका थिए । बीमा क्षेत्रमा यस कम्पनीको स्थापना गरि नेपाली जनताको घर दैलोमा बीमाको सचेतना फैलाउने अवसर जुराईदिएकोमा संचालक समितिप्रति आभारी रहेको कुरा व्यक्त गरेका थिए । संचालक समितिको सोच र मार्गनिर्देशन, व्यवस्थापनको दृढ इच्छाशक्ति र अब्बल नेतृत्वकै कारण कम्पनीले आजको उचाई प्राप्त गर्न सकेको केसीले उल्लेख गरेका थिए ।

केसीले अभिकर्ता पेशा लाई थप मर्यादित बनाउन सबैको साथ र सहयोगको खाँचो रहेको बताएका थिए । नियामकीय निकाय नेपाल बीमा प्राधिकरणलाई अभिकर्ता मैत्री नीति नियम तर्जुमा गरि अभिकर्ता पेशालाई मर्यादित र व्यवसायिक बनाउन आग्रह समेत गरेका थिए । उनले कार्यक्रममा बोल्दै अभिकर्ताको पेशागत सिप विकास गरि नेपालमा बीमा जागरण गर्न पेशा बीमा अभिकर्ता संघ सदैब तयार रहेको बताएका थिए ।

कार्यक्रममा एजेन्सी मेनेजर तर्फबाट उत्कृष्ट ५० र व्यक्तिगत कोड तर्फबाट उत्कृष्ट ८१ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानको साथ साथै २० जनालाई सम्राट पदक, २३ जनालाई रत्न पदक र ६३ जनालाई समृद्धि पदकबाट पनि विभुषित गरिएको थियो ।

त्यस्तै एजेन्सी मेनेजर तर्फबाट क्रमशस् नेपाल प्रथम, दितिय र तृतीय हुने बसन्ती शर्मा, मदन भट्ट र स्नेहा भट्ट तथा व्यक्तिगत कोड तर्फबाट क्रमशः नेपाल प्रथम, दितिय र तृतीय हुने खुशी भट्ट, शान्ता राजबंशी, भीमा पन्थीलाई अवार्डको साथै नगद पुरस्कारले पनि सम्मान गरिएको थियो ।

One thought on “नेपाल लाइफलाई चम्किलो नक्षत्रको रूपमा स्थापित गर्न प्रतिकुलतालाई अनुकुलतामा बदली सर्वोत्कृष्ट बनाउने अभिकर्तालाई सम्मान गर्दा खुसि छौं: महासचिव

  1. नेपालको बर्तमान बीमा बजार,अभिकर्ता पेशाका वर्तमान समस्या र चुनौती अनि राज्यले लिनुपर्ने नितिबारे पेशागत बीमा अभिकर्ता संघ नेपालको स्पष्ट धारणा के हो त ?महासचिव ज्युबाट आउनु पर्ने हो त !

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*