एशियन लाइफले भूल सुधार गर्दै निकाल्यो घरजग्गा खरिदसम्बन्धी नयाँ सूचना
२८ श्रावण २०८०, आईतवार ११:१६
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको साउन २६ गते कारोबार राष्ट्रिय दैनिकमा प्रकाशित घरजग्गा खरिदको सूचनामा जग्गाको क्षेत्रफल परिमाणमा भूलचुक भएको भन्दै सच्याइएको नयाँ सूचना निकालेको हो ।
उक्त शिलबन्दी बोलपत्र आह्वानको सूचनमा जग्गाको क्षेत्रफल १.५ देखि ३ रोपनीसम्म हुनुपर्नेमा अन्यथा हुन गएको कम्पनीले बताएको छ ।
अतः जग्गा बिक्री गर्न इच्छुक जो–कोहीले सच्याइएको परिमाण अनुसार प्रस्ताव पेश गर्न कम्पनीले सम्बन्धित सबैलाई आग्रह समेत गरेको छ ।