डिम्याट नविकरण गर्न माछापुच्छ्रे कृति क्यापिटल र मुक्तिनाथ क्यापिटलको अनुरोध

२० असार २०७८, आईतवार १३:३३

काठमाडौ । आर्थिक वर्ष २०७७/०७८ को डिम्याट नविकरण गर्ने समय नजिकिएपछि विभिन्न बैंक तथा क्यापिटलहरुले हितग्राहीलाई डिम्याट नविकरण गर्न अनुरोध गरेको छ ।

यसैबीच माछापुच्छ्रे कृति क्यापिटल र मुक्तिनाथ क्यापिटलले पनि आफ्ना हितग्राहीलाई डिम्याट खाता संचालन गरेवापत वार्षिक शुल्क बुझाउन अनुरोध गरेको हो । यी दुबै क्यापिटलले आर्थिक वर्षको अन्त्य असार मसान्तसम्ममा नविकरण शुल्क १०० रुपैयाँ बुझाउन अनुरोध गरेको हो ।

मुक्तिनाथ हितग्राहीहरुको हकमा आफुलाई पायक पर्ने मुक्तिनाथ बैंक वा लुम्बिनी विकास बैंकबाट नविकरण गर्न सकिने जनाएको छ । त्यस्तै माछापुच्छ्रे कृति क्यापिटलले सुन्धारा स्थित कार्यालयमा सम्पर्क गरी डिम्याट नविकरण गर्न सकिने जनाएको छ ।

यी दुवै क्यापिटलले डिजिटल भुक्तानी ई–सेवा, खल्ती, कनेक्ट आईपीएस र आइएमई पे मार्फत पनि डिम्याट नविकरण शुल्क तिर्न सकिने जनाएको छ । यदि असार ३१ सम्ममा डिम्याट नविकरण नभएमा डिम्याट खाता स्वतः रोक्का (फ्रीज) हुने दुबै क्यापिटलले जानकारी गराएको छ ।

 

 

सूचना स्रोत ः फाइनान्सियल नोटिस डटकम

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*