बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयद्वारा पर्सामा बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न, पशु बीमामा कृषकलाई राहत

२५ श्रावण २०८०, बिहीबार १६:३८

काठमाडौं । नेपाल बीमा प्राधिकरणको प्रादेशिक कार्यालय अन्तर्गतको मधेश प्रदेश कार्यालयले आ.व २०८०।८१ को वार्षिक कार्यक्रम अनुसार स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिकाको स्वास्थ्य चौकीमा साउन २३ गते सम्पन्न गरेको छ ।

उक्त कार्यक्रमको सभापतित्त्व नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालय प्रमुख कुसुम शर्माले गरेकी थिईन् । कार्यक्रमका प्रमुख अतिथिको रुपमा पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष दिनेश कुमार चौधरी, विशेष अतिथिका रुपमा सोही गाउँपालिकाका उपाध्यक्ष ममता महतो तथा अतिथिका रुपमा वडा नं १ का वडाध्यक्ष फर्मान मिया अंसारी, वडा नं २ का वडाध्यक्ष विजय गैरे र वडा नं ४ का वडाध्यक्ष बासु पंजियार थारु को उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक अनिश तिमिल्सिनाले गरेका थिए । उक्त कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधीहरु, कार्यपालिकाका सदस्यहरु, निर्वाचित वडा सदस्यहरु, पालिकाका कर्मचारीहरु, कृषकहरु, बैंक तथा वित्तिय संस्थाका प्रतिनिधीहरु र बीमकका शाखा कार्यालयका प्रतिनिधीहरु तथा महिला समुहका व्यक्तिहरु गरी ६५ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा शर्माले बीमा र बीमा प्राधिकरणको बारेमा प्रस्तुतिकरण गरेकी थिइन । प्रस्तुतिकरण पश्चातको छलफल कार्यक्रममा सहभागीहरुले माछा पोखरी लगायत विभिन्न बालीहरुको बीमाका बारेमा र नक्सा नभएको घरको बीमा कसरी गर्ने भन्नेबारे जिज्ञासा राखेका थिए । साथै, वडा नं ४ का वडाध्यक्षले वडाको पहलमा कृषकहरुलाई गाई भैसीको बीमा गराउदा ८० प्रतिशत अनुदान बाहेक थप अनुदान उपलब्ध गराई रहेको जानकारी समेत दिएका थिए ।

कार्यक्रमका सहभागीहरुले यस्तो कार्यक्रमबाट बीमा सम्बन्धी चेतना भएको र बीमा त हाम्रै सुरक्षाको लागि आवश्यक रहेछ र आगामी दिनहरुमा हामीले लगाएको बाली तथा पशु चौपायहरुको बीमा गरी हुन सक्ने आर्थिक नोक्सानीबाट सुरक्षित रहन सकिने कुराको जानकारी पाएकोमा नेपाल बीमा प्राधिकरणलाई धन्यवाद दिएका थिए । छलफलमा उठेका प्रश्नहरुको जवाफ शर्माले दिएकी हुन् । साथै जीवन तथा निर्जीवन बीमकको प्रतिनिधीबाट स्थानीय भाषामा बीमाको महत्वको बारे जानकारी गराएकी थिईन् ।

कार्यक्रमको समापनमा शर्माले गाउँपालिकाले आफ्नो दैनिक सेवा प्रवाहमा बीमालाई समावेश गर्न र अन्य कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि पालिकालाई आवश्यक पर्ने बीमासम्बन्धी सुझावका लागि प्राधिकरण जुनसुकै समयमा पनि तयार रहेको धारणा राखेकी थिईन । साथै बीमा कम्पनीका प्रतिनिधीहरुलाई समय समयमा पालिकामा आई आवश्यक समन्वय गर्नका लागि अनुरोध गरेकी थिईन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*