भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा काम गर्न प्रधानमन्त्रीको निर्देशन

२५ श्रावण २०८०, बिहीबार १५:५९

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले सरकारी कर्मचारीहरुलाई भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा दृढ भएर काम गर्न निर्देशन दिएका छन् । आज प्रधानमन्त्री कार्यालयमा आव २०८०।८१ को कार्य सम्पादन सम्झौता पत्रमा हस्ताक्षर गराउँदै सचिवहरुलाई यस्तो निर्देशन दिएका हुन् ।

प्रधानमन्त्ती प्रचण्डले गत आवको समीक्षा गर्दै देशमा कुशासन, भ्रष्टाचार बाँकी रहेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपालका कर्मचारीहरु आफैले गर्ने भनेर तय गरेको काम गर्न नसक्नु नियतमै खोट (भ्रष्टाचार) हो ।’
प्रधानमन्त्री प्रचण्डले नेपालका कर्मचारीहरु विश्वका अन्य देशका कर्मचारीहरुको तुलनामा समान रहे पनि नेताको भिजन र कर्मचारीको भिजन नमिलेको गुनासो गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले कर्मचारीहरुलाई राजनीतिक नेतृत्वको परिवर्तन प्रतिको स्पीरिटलाई बुझेर काम गर्न निर्देशन दिएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*