रिलायबल नेपाल लाइफको आईपीओमा कति पर्यो आवेदन ?
२४ श्रावण २०८०, बुधबार १७:४३
काठमाडौं । रिलायबल नेपाल लाइफको आईपीओमा दोस्रो दिनमा ६ लाख आवेदन दिएका छन्।
कम्पनीले हिजो साउन २३ गतेबाट प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर २५७ रुपैयाँमा सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ।कम्पनीको आईपीओमा साउन २६ गतेसम्म आवेदन दिन सकिनेछ।
सीडीएससीका अनुसार दोस्रो दिनसम्म ७२ लाख ७० हजार ११० कित्ताका लागि आवेदन परिसकेको छ। कम्पनीको आईपीओमा ५ लाख ९३ हजार ९०६ जना आवेदकले आवेदन दिएका छन् । कम्पनीको आईपीओमा १ अर्ब ८६ करोड ८४ लाख रुपैयाँभन्दा बढी संकलन भइसकेको छ।