सिंहदरवारमा रहेका २० जना उप सचिव सरुवा, १९ जना बने स्थानीय तहको प्रशासकीय अधिकृत

२४ श्रावण २०८०, बुधबार ११:०२

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो मंगलबार २० जना उपसचिवको सरुवा गरेको छ । सरुवा भएका मध्ये १९ जनालाई स्थानीय तह गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासनको सरुवा सूची अनुसार, वन मन्त्रालयका वाशुदेव रेग्मी शम्भुनाथ नगरपालिका सप्तरीमा पठाइएको छ । वन मन्त्रालयकै उपसचिव प्रमोद सिंखडालाई परोहा नगरपालिका, रौतहटमा खटाइएको छ ।
भूमिव्यवस्था मन्त्रालयमा कार्यरत तीन जना उपसचिवहरु खिमानन्द आचार्यलाई हनुमाननगर कंकालिनी नगरपालिका सप्तरी, कृष्णप्रसाद भण्डारीलाई मौलापुर नगरपालिका सप्तरी र लक्ष्मीप्रसाद रेग्मीलाई सिरहा नगरपालिका सिरहामा सरुवा गरिएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका ३ जना उपसचिवहरु क्रमशः बुद्धिप्रसाद उपाध्यायलाई कविलासी नगरपालिका, लेखनाथ ज्ञवालीलाई बलरा नगरपालिका र घनश्याम न्यौपानेलाई क्षिरेश्वरनाथ नगरपालिका खटाइएको छ । तीन वटै सर्लाहीका स्थानीय तह हुन् ।

मन्त्रालयले निर्वाचन आयोगका उपसचिवद्धय ऋषिराम भुसाललाई बलवा नगरपालिका महोत्तरी र श्रीधर पन्थीलाई हंसपुर नगरपालिका धनुषामा रवाना गराएको छ । उता, रक्षा मन्त्रालयका उपसचिव रामेश्वर पोखरेल कल्याणपुर नगरपालिका सिराहामा सरुवा भएका छन् भने भौतिक पूर्वाधार मन्त्रालयमा रहेका सह सचिव बैकुण्ठ उपाध्यायलाई माटिहानी नगरपालिकामा सरुवा गरिएको छ । त्यस्तै, सार्वजनिक खरिद कार्यालयका गोविन्द घिमिरे सवौला नगरपालिकामा पठाइँदा राष्ट्रिय योजना आयोगका कृष्ण व्याञ्जु बाग्मती नगरपालिका सर्लाहीमा सरुवा भएका छन् ।

यस अघि प्रमुख जिल्ला अधिकारी चलाइसकेका उपसचिव माधव ढकाल अध्यागमन कार्यालय काठमाडौंबाट गरुडा नगरपालिका रौतहटको प्रशासकीय अधिकृतमा सरुवा भएका छन् । शिक्षा मन्त्रालयका उपसचिव तेज प्रकाश प्रसाइ राजदेवी नगरपालिका, पथरी शनिश्वरेमा कार्यरत लक्ष्मी खरेललाई फुङलिङ नगरपालिका ताप्लेजुङमा सरुवा गरिएको छ । त्यस्तै, पथरी शनिश्चरेमा रिक्त पदमा संघीय मामिला मन्त्रालयबाटै शशी राईलाई सरुवा गरिएको छ ।
उल्लेखित स्थानमा निमित्त चलाइरहेका अधिकृतहरूलाई मन्त्रालयमा तानिएको छ । १९ जना उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएसँगै अझैं १०३ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहिन रहेका छन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*