रिलायबल लाइफको आईपीओमा साढे तीन लाख आवेदकले दिए आवेदन

२३ श्रावण २०८०, मंगलवार १७:४६

काठमाडौं । रिलायबल लाइफको आईपीओमा आवेदन खुलेका  पहिलो दिन ३ लाख ६२ हजार ७९१ आवेदकद्वारा ४४ लाख ५१ हजार ७१० कित्ता शेयरका लागि १ अर्ब १४ करोड ४० लाख ८९ हजार ४७० रुपैयाँको आवेदन परेको छ ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २५७ रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो । हाल कम्पनीको जारी पूँजी ४ अर्ब रुपैयाँ रहेको छ । सो पुँजिको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर आईपिओ निष्काशन गर्न लागेको हो । जसमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि खुल्ला गरेको आईपीओ बाँडफाँड गरिसकेको छ ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*