सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पहिरो खसेपछि अवरुद्ध

२३ श्रावण २०८०, मंगलवार ११:१९

काठमाडौं । अविरल वर्षाका कारण पहिरो खसेपछि सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको खानीडाँडास्थित सेल्फीडाँडामा पहिरो गएको हो ।

पहिरोले सडक पुरै भाँसिएको त्यहाँ अलपत्र परेका यात्रुहरूले बताएका छन् । खानीडाँडादेखि बुढीतोलासम्मको सडक पुरै चिराचिरा परेको छ । अहिले खुल्ने सम्भावना नरहेको यात्रुहरुले बताएका छन् ।

 

उता प्रदेश ट्राफिक कार्यालय अत्तरियाले प्रहरी टोली उक्त स्थानमा गइरहेको र पूर्ण विवरण नआएको जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*