प्रभु इन्स्योरेन्सले खुलायो रोजगारको अवसर, कति चाहिन्छ योग्यता ?
२२ श्रावण २०८०, सोमबार १८:११
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले असिस्टेन्ट म्यानेजर र सेक्युरिटी अफिसरमा १ जनाका दरले कर्मचारी माग गरेको छ ।
सहायक म्यानेजरमा आवेदन दिनका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट ब्याचलर डिग्री गरेको, बीमा क्षेत्रमा कार्यानुभव भएको र प्राविधिक ज्ञान भएको हुनुपर्ने तथा सेक्युरिटी अफिसरका लागि पनि ब्याचलर सकेको, आर्मी तथा पुलिस सेवामा कार्यानुभव भएको तथा ३ वर्षको कार्यानुभव भएको हुनुपर्ने कम्पनीले जनाएको छ ।
आवेदन दिन इच्छुक तथा योग्य व्यक्तिले आवश्यक कागजातसहित १५ दिनभित्र [email protected] मा आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।