शिखर इन्स्योरेन्सका अध्यक्ष गौरव अग्रवाल लिए शपथ

२१ श्रावण २०८०, आईतवार १४:५९

काठमाडौं। नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष गौरव अग्रवाललाई आज शपथ ग्रहण गरेका छन् ।

अध्यक्ष सिलवालले नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक समितिका अध्यक्ष अग्रवाललाई अध्यक्ष पदको शपथ गरेका हुन् ।

त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेको उपस्थिती रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*