ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइराला ‘बिजनेस एक्सिलेन्स सर्टिफिकेट’ बाट सम्मानित

२१ श्रावण २०८०, आईतवार १४:१९

काठमाडौं । ईसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालालाई ‘वर्ल्ड कन्फेडेरेसन अफ बिजनेस’ ह्युस्टन, टेक्सस, अमेरिकाले प्रतिष्ठित ‘बिजनेस एक्सिलेन्स सर्टिफिकेट’ बाट सम्मान गरिएको हो ।

रेमिट्यान्स उद्योगमा २० वर्षभन्दा बढी समर्पित सेवाका साथ कोइराला असल नेतृत्वको उत्कृष्ट नमुना पनि बनेका छन् । उनी ‘म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल’ अवार्ड २०२२ मा ‘म्यानेजर अफ द इयर’ बाट पनि सम्मानित भएका थिए ।

‘वर्ल्ड कन्फेडेरेसन अफ बिजनेस’ ले विश्वभरका विभिन्न संस्थाहरूको व्यावसायिक उत्कृष्टतालाई द बिज अवार्ड, सबैभन्दा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय व्यापार पुरस्कार प्रदान गरेको थियो ।

वर्ल्ड कन्फेडेरेसन अफ बिजनेस को मिशन विश्वव्यापी रूपमा व्यापार विकासलाई प्रवर्द्धन, बृद्धिलाई सहजीकरण र अग्रणी कम्पनीहरू र उद्यमीहरूको सफलतालाई मान्यता दिई, उनिहरुले प्रदान गर्ने सेवाहरू लाई विश्वभर चिनाउने एक मध्यम हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*