आइएमई लाइफको शेयर आजदेखि कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

२१ श्रावण २०८०, आईतवार १०:३५

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ आजदेखि दोस्रो बजारमा कारोबारमा आउने भएको छ ।

नेप्सेमा आइएमई लाइफको १०० अंकित दरका कुल ४ करोड कित्ता सेयर सूचीकृत भएको छ । जसमा संस्थापक समूहको २ करोड ८० लाख कित्ता (७० प्रतिशत) र सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीसमेत)को १ करोड २० लाख कित्ता (३० प्रतिशत) छन्।

नेप्सेले आइएमई लाइफलाई ‘आईएलआई’ कारोबार संकेत प्रदान गरेको छ । पहिलो कारोबारका लागि भने नेप्सेले प्रतिकित्ता न्यूनतम १७६.५३ रुपैयाँदेखि अधिकतममा ५२९.५९ रुपैयाँ तोकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*