नियामकीय निर्देशन पालना नगर्ने बीमा कम्पनीलाई प्राधिकरणले पठायो सेचत पत्र, पालना नगरे कारवाही गर्ने चेतावनी

१८ श्रावण २०८०, बिहीबार १९:५६

काठमाडौं। बीमा प्राधिकरणको नियामकीय निर्देशन पालना नगर्ने बीमा कम्पनीहरुलाई सचेत पत्र पठाएको छ। नेपाल बीमा प्राधिकरणले यसअघि जारी गरेको पुनर्बीमा निर्देशिका २०८० को व्यवस्था अनुसार बीमा कम्पनीहरुले नियम पालना नगरेको कारण प्राधिकरणले आज सचेत पत्र पठाएको हो ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले केही बीमा कम्पनीहरु पुनर्बीमा निर्देशिका २०८० को विपरित तर्फ गएको कारण सम्पूर्ण बीमा कमपनीहरुलाई पत्र पठाएको बताएका छन् । नियामकीय निर्देशन अक्षरस पालना गर्न बीमा कम्पनीहरुलाई निर्देशन समेत दिएका छन् ।

यदि बीमा प्राधिकरणको नियम उल्लंघन गरेको खण्डमा ऐन अनुसार बीमा कम्पनीलाई कारवाही गर्ने भएको छ।
बीमकले फ्याकल्टेटिभ पुनर्बीमा गर्दा सुरुमा स्वदेशी पुनर्बीमकलाई प्रस्ताव गर्नु पर्नेछ र पुनर्बीमकले उक्त प्रस्ताव स्वीकार वा अस्वीकार के गर्ने हो सो कुरा खुलाई चौवीस घण्टा जवाफ पठाउनु पर्नेछ । पुनर्बीमा कम्पनीले प्रस्ताव अस्वीकार गरेमा बीमकले उक्त पुनर्बीमा अन्यत्र गर्न सक्नेछ भन्ने व्यवस्था उल्लघंन गरेको छ । तर बीमा कम्पनीहरुले पछिल्लो समय आफूखुसी गरेको कारण प्राधिकरणले सचेत गराएको हो ।

पुनर्बीमा निर्देशिकाको दफा ८(२) बमोजिम शत प्रतिशत स्वदेशी पुनर्बीमकसँग पुनर्बीमा व्यवस्था गर्नुपर्नेमा विदेशी पुनर्बीमकसँग गरेको पाइएकाले विदेशी मुद्रा सहटी सुविधाको लागी सिफारिश नगर्ने बीमकलाई प्राधिकरणले निर्देशन दिएको छ।

प्राधिकरणले निर्देशिकामा रहेको पुनर्बीमा निर्देशका २०८० दफा ८(२) मा ‘बीमकहरुलाई दिएको र शतप्रतिशत बीमा नेपालमै भन्ने व्यवस्था परिपालना नगरेका कम्पनीलाई सचेत गराएको प्राधिकरणले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*