सिटिजन लाइफको बिजनेस स्ट्राटिजी कन्फेरेन्स २०८० सम्पन्न,उत्कृष्ट शाखा र कर्मचारीहरु सम्मानित
काठमाडौं । सिटिजन लाइफको बिजनेस स्ट्राटिजी कन्फेरेन्स २०८० सम्पन्न भएको छ। काठमाडौंमा कम्पनीले आयोजना गरेको कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो ।कार्यक्रममा सिटिजन लाइपका सिईओ पोषक राज पौडेल, डेपुटी सिईओ दशरथ मणी खड्का,चिफ बिजनेस म्यानेजर भुषण रिमाल, चिर्फ विजनेस अफिसर, डिर्पाटमेन्ट हेट र टिम हेड एवं कर्मचारीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न गरेको हो ।
कम्पनीलाई हरेक ढङ्गबाट उत्कृष्ट बनाउन हरेक दिन इमान्दारी र मिहेनतका साथ खटिएका सम्पुर्ण कर्मचारीहरुलाई थप क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा ११४ जना कर्मचारीको सहभागिता रहेको थियो । कार्यक्रममा गत आर्थिक बर्षको कारोबार समिक्षा गर्दै नयाँ आर्थिक बर्षको व्यवसाय रणनीति बातय गर्दै उत्कृष्ट कार्य सम्पादन गर्ने विभिन्न शाखा र कर्मचारीहरुलाइ विभिन्न विधामा सम्मान गरिएको थियो ।
यस सँगै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउदै लैजाने उद्धेश्यका साथ कम्पनीको व्यवस्थापान टिम र शाखाका कर्मचारीहरु बिच कम्पनीको प्रशासन सम्बन्धित रहेका विविध बिषयहरुमा निर्णय गरिएको कम्पनीले जनाएको छ । प्रशासन सम्बन्धित सबै कार्यहरु अझै छिटो र सजिलो तरिकाले कसरी सम्पन्न गर्न सकिन्छ भन्ने बिषयमा छलफल भएको छ ।
कम्पनीले आगामी दिनहरुमा पनि अरु थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरु प्रचलनमा ल्याउने योजना रहेको समेत जानकारीे दिएको छ ।प्रचलित कानुन, नीति, नियम एवम नियमनकारी निकायबाट जारी निर्देशनहरुको परिपालन गर्दै र सञ्चालक समितिको मार्गदर्शन अनुरुप संस्थागत सुशासन कायम गर्दै निर्धारित व्यवसायिक लक्ष्य हासिल गर्न व्यवस्थापन कटिवद्ध रहेको र सोका लागि कम्पनीको सेवालाई थप गुणस्तरीय बनाउने प्रतिवद्धता व्यक्त गर्दै समग्रमा कार्यक्रम निकै उत्साहजनक र फलदायी रहेको जनाएको छ।