एक्सेल डेभलपमेन्ट बैंकले माग्यो कर्मचारी, यसरी दिनुस् आवेदन
१७ श्रावण २०८०, बुधबार १०:२५
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले रिक्त रहेका पदहरुमा कर्मचारी माग गरेको छ ।
बैंकले आज एक सूचना प्रकाशित गर्दै ब्रान्च म्यानेजर, रिलेशनसीप म्यानेजर र ट्रेनी एसीस्टेन्ट पदहरुमा केही संख्याले कर्मचारी माग गरेको हो ।
इच्छुक उम्मेदवारले सूचना प्रकाशित मितिले ३१ गते भित्र बैंकको वेबसाईट मार्फत आवेदन दिन सकिने बैंकले जनाएको छ ।